National life

युवा परिचालनमा असफल बन्दै सरकार: मासिक ६५ हजार युवा बिदेसिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ माघ २०८१, बुधबार
999Shares
युवा परिचालनमा असफल बन्दै सरकार: मासिक ६५ हजार युवा बिदेसिँदै
ncell

काठमाडौँ । स्वदेशमा बेरोजगार र आर्थिक मन्दीको प्रभाव बढेसँगै सङ्ख्या बढेसँगै नेपालबाट रोजगारीका लागि विभिन्न देशमा जाने नेपालीको सङ्ख्या दैनिक रूपमा बढेको छ । मासिक रूपमा औसत ६५ हजार ५ सय ११ युवा विदेशिने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनाको अवधिमा ३ लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएका छन्। जस अनुसार मासिक साढे ६५ हजार युवा रोजगारीको सिलसिलामा विदेश उड्ने गरेको देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वैदेशिक रोजगार विभागका अनुसार पुस २०८१ मा मात्र ६७ हजार २ सय ५८ युवाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये ७ हजार १ सय ५ महिला छन् । पुस मसान्तसम्म २ लाख २५ हजार ६ सय २५ नयाँ श्रम स्वीकृति र १ लाख ६२ हजार ६ सय २८ पुनः श्रम स्वीकृतिमा विदेश गएका छन् ।

नेपालीको प्रमुख गन्तव्य युएई 

६ महिनाको अवधिमा नेपालीको प्रमुख गन्तव्यको रूपमा युनाइटेड अरब इमिरेट्स ९युएई० देखिएको छ। उक्त देशमा पुस महिनामा मात्रै २१ हजार १ सय २१ जनाले श्रम स्वीकृति लिएका छन् । ईपीएस कोरिया र इजरायलमा भने कुल ४ हजार ८ सय १४ युवा गएको तथ्यांकमा देखिन्छ ।

साथै, साउदी अरब १३ हजार ६ सय ४२, कतार ११ हजार ९ सय ८३ , कुवेत ६ हजार ५०, मलेसिया ३ हजार १ सय ७५, जापान १ हजार ९ सय ४६ र क्रोएसियाका लागि १ हजार १ सय ३४ जनाले श्रम स्वीकृति लिएका छन्।

पछिल्लो ६ महिनाको तथ्यांक हेर्दा युएईमा मात्र १ लाख २२ हजार ८ सय २९ जना देखिन्छ। यो सङ्ख्या कुल कामदारको ३१.२४ प्रतिशत हो । युएईमा साउनमा १७ हजार ५ सय ४१, भदौ १८ हजार ६ सय ५, असोज १७ हजार ७ सय २४, कात्तिक २३ हजार ६९, मंसिर २४ हजार ७ सय ६९ र पुसमा २१ हजार २ सय ११ जना गएका छन् ।

पुससम्म वैदेशिक रोजगार विभागमा कुल ९ सय ५४ उजुरी परेका थिए । तीमध्ये ६४ वटा उद्धार गरिएको र ४ सय १९ मा क्षतिपूर्ति तिराइएको विभागको तथ्यांक छ ।

यो समाचार शेयर गर्नुहोस्
999SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?