National life

श्रम स्वीकृति बिना विदेश यात्रा नगर्न अध्यागमनको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१७ जेठ २०८३, आइतबार
1.9kShares
श्रम स्वीकृति बिना विदेश यात्रा नगर्न अध्यागमनको आग्रह
ncell

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपालीलाई श्रम स्वीकृति प्राप्त गरेपछि मात्र यात्रा सुरु गर्न आग्रह गरेको छ।

विभागले जारी गरेको सूचनामा केही श्रमिकले वैदेशिक रोजगार विभागमा निवेदन दिएपछि स्वीकृति नपर्खी नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने गरेको उल्लेख छ। यसले उनीहरूलाई अनावश्यक झन्झट र समस्या झेल्नुपर्ने अवस्था सिर्जना भएको जनाइएको छ।

अध्यागमनका अनुसार केवल आवेदन दिएको भरमा विदेश जान अनुमति नदिइने स्पष्ट पारिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
श्रम स्वीकृति औपचारिक रूपमा जारी भइसकेको हुनुपर्ने अनिवार्य सर्त रहेको विभागले जनाएको छ।

कतिपय अवस्थामा अन्य व्यक्तिमार्फत आवेदन दिइए पनि श्रमिक स्वयंलाई स्वीकृतिको अवस्थाबारे जानकारी नहुने समस्या देखिएको भन्दै विभागले यात्रा अघि स्वीकृति सुनिश्चित गर्न आग्रह गरेको छ।

श्रमिक भिसामा विदेश जाने सबै नेपालीले श्रम स्वीकृति भएको यकिन गरेर मात्र विमानस्थल आउन विभागले पुनः अनुरोध गरेको छ।
यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?