National life

चैतसम्म पाँच लाख बढीले लिए श्रम स्वीकृति, कुन महिनामा कतिले लिए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ वैशाख २०८१, शुक्रबार
981Shares
चैतसम्म पाँच लाख बढीले लिए श्रम स्वीकृति, कुन महिनामा कतिले लिए ?
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको चैतसम्मको अवधिमा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएको सार्वजनिक तथ्याकंमा उल्लेख गरेको छ ।

गत महिना चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार छ सय ९२ महिला रहेका छन् ।

यसै गरी चालु आवको साउनमा ५५ हजार पाँच सय ७५, भदौमा ५० हजार आठ सय ८४, असोजमा ५६ हजार दुई सय ३५, कात्तिकमा ४३ हजार छ सय २२, मङ्सिरमा ७१ हजार दुई सय ७६, पुसमा ६५ हजार आठ सय १३, माघमा ६२ हजार एक सय ४७ र फागुनमा ६५ हजार छ सय ५८ जनाले श्रम स्वीकृति लिएर विदेश गएका विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सार्वजनिक तथ्याङ्क अनुसार चैतमा मात्रै १७ हजार आठ सय १८ जना नेपाली रोजगारीका लागि यूएई पुगेका छन् । सोही महिनामा साउदी अरेबियामा १३ हजार छ सय ४१ जना, कतारमा ११ हजार दुई सय ४ जना, मलेसियामा १२ हजार छ सय २ जना, कुवेतमा ४ हजार ७६ जना र बहराइनमा नौ सय ६४ जना पुगेका छन् ।

यसै गरी रोमनियामा दुई हजार दुई सय सय ९९ जना, क्रोएसियामा नौ सय ६० जना, साइप्रसमा सात सय ८१ जना, जापानमा एक हजार तीन सय ५१ जना, मालदिभ्समा चार सय ९३ जना, मौरिससमा छ सय २० जना र दक्षिण कोरियामा छ सय ५७ जना रोजगारीका लागि गएका तथ्याङ्कले देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
981SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?