National life

२० हजार घुससहित नेपाल प्रहरीका असई र वरिष्ठ हवल्दार पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ फागुन २०८०, सोमबार
504Shares
२० हजार घुससहित नेपाल प्रहरीका असई र वरिष्ठ हवल्दार पक्राउ
ncell

काठमाडौं । महोत्तरीबाट नेपाल प्रहरीका दुई कर्मचारी नगद रु २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित कान्तिबजार प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्मा प्रसाद यादव र प्रहरी वरिष्ठ हवलदार मञ्जितकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले  घुस रकमसहित पक्राउ गरेको छ।

जग्गा सम्बन्धी विवादमा अदालतको आदेश कार्यान्वयन गराउन स्थानीय एक सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ ।

आइतबार साँझ साढे ५ बजे दुबै जनालाई गैरी टोलबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्थानीय एक सेवाग्राहीले अख्तियारमा दिएको पूर्व उजुरीको आधारमा पछ्याएर २० हजार रुपैयाँ नगदसहित रंगेहात पक्राउ गरेर दुबैजनामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
504SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?