National life

कारोबारको दोस्रो दिन दोहोरो अंकले बढ्यो शेयर बजार: धेरैजसो कम्पनीमा छायो हरियाली

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ पुस २०८०, सोमबार
561Shares
कारोबारको दोस्रो दिन दोहोरो अंकले बढ्यो शेयर बजार: धेरैजसो कम्पनीमा छायो हरियाली
ncell

काठमाडौं । साताको पहिलो दिन नै सकारात्मक दिशामा लागेको शेयर बजार आज कारोबारको दोस्रो दिन पनि उकालो लागेको छ।

कारोबार साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि बढेको शेयर बजार आज ३८ दशमलव १४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ ।

Royal Enfield
nic asia capital

शेयर बजार बढेसँगै सोमबार नेप्सेमा कारोबार भएका १६५ कम्पनीको शेयरमा हरियाली छाएको छ । जसमा नौ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज नेप्सेमा कारोबार भएको ३०५ कम्पनीको २ करोड १४ करोड ९७ लाख ६१९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजारको कारोबार भएको छ । बजारमा बढोत्तरी आएसँगै १२ वटा उपसूचकमा हरियाली छाएको छ ।

सोमबार बोटलर्स नेपाल, स्वरोगजगार लघुवित्त, जीवन विकास लघुवित्त, सूर्यज्योति लाइफ, बिपिडब्लु लघुवित्त, हाथवे इन्भेष्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी लगायतको शेयरमा सकारात्मक सर्किट लागेको छ ।नेप्से उकालो लाग्दा आज हिमाल दोलखाको सर्वाधिक खरिदबिक्रि भएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?