National life

आइएमई पेले ल्यायो विकेट टु विन नामक अफर, १५० सम्म छुट प्राप्त गर्न सकिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ भदौ २०८०, शुक्रबार
1.3kShares
आइएमई पेले ल्यायो विकेट टु विन नामक अफर, १५० सम्म छुट प्राप्त गर्न सकिने
ncell

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै “विकेट टु विन” अफर सार्वजनिक गरेको छ । यही भदौ ८ देखी भदौ १२ सम्म, ५ दिनसम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा ASIACUP प्रोमो कोडको प्रयोग गरी रु १५० सम्म छुट प्राप्त गर्न सक्ने छन्।

साथै यस अफरमा सहभागी हुने ग्राहक मध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको निशुल्क सब्सक्रिप्सन पनि जित्न सक्नेछन् । यो अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएको आइएमई पे का सीइओ प्रवीण रेग्मीले बताए ।

Royal Enfield
nic asia capital

आइएमई पे को बारेमाः

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली( २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति(व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न

सफल छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?