काठमाडौँ । अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रममार्फत उपभोक्ताले ६० प्रतिशत सम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भौचर सुविधा प्राप्त गर्न सक्नेछन् ।
भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म चल्ने यस अभियानमार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
यसका लागि उपभोक्ताले दराज एपको होम पेजमा उपलब्ध “फ्री डेलिभरी“ ब्यानरमा क्लिक गरी ‘फ्री डेलिभरी’ भौचरहरू संकलन गर्न सक्नेछन् । साथै, दराजका खरिदकर्ताहरूले अभियान अवधि भर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा सेटाफिल, बोट, एक्स–एज र पिलग्रिम लगायत साझेदार ब्रान्डहरू मार्फत ६० प्रतिशत सम्म छुटमा विशेष अफरहरूको मज्जा पनि लिन सक्नेछन् ।
त्यसैगरी, दराज एपमा दैनिक रूपमा अपडेट हुने फ्ल्याश सेल सेक्सनमार्फत खरिदकर्ताहरूलाई उत्पादनहरूको खरिद गर्दा थप बचत गर्ने अवसर सदा झैँ कायम रहने पनि कम्पनीले जानकारी दिएको छ ।


































