National life

बीआरआई परियोजना नेपालका लागि महत्वपूर्ण छ : प्रधानमन्त्री ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ मंसिर २०८१, आइतबार
465Shares
बीआरआई परियोजना नेपालका लागि महत्वपूर्ण छ : प्रधानमन्त्री ओली
ncell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साझा समृद्धिका लागि बीआरआई परियोजना कार्यान्वयन हुने बताएका छन् ।

उनले यो परियोजना नेपालका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

चीन भ्रमण पूरा गरी स्वदेश फर्किनुभन्दा अघिल्लो दिन चाइना मिडिया ग्रुप (सीएमजी)लाई दिएको अन्तर्वार्तामा ओलीले बीआरआईको उद्देश्य साझा समृद्धिसहित अरू देशहरूको साझा विकास बढाउनु हो भन्दै यो नेपालका लागि पनि निकै महत्वपूर्ण रहेको बताएका हुन् ।

चाइना मिडिया ग्रुपको नेपाली संस्करणमा शनिबार सार्वजनिक भिडियो अन्तर्वार्तामा ओलीले नेपाल र चीनले बीआरआईको साझा उद्देश्य हासिल गर्ने सहकार्य प्रारूपमा ९–१० वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको थियो ।

ओलीले यो सम्झौताले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत सबै क्षेत्र समेट्ने पनि स्पष्ट पारेका छन् ।

उनले प्रधानमन्त्रीको हैसियतमा आफूले तेस्रो पटक चीन भ्रमण गरेको यो भ्रमण निकै सफल र फलदायी भएको पनि बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
465SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?