काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ ।
सभा सूर्य इभेन्ट, धुम्बाराही, आनन्द नगर, काठमाडौँमा पुस २३ गते बिहान ११ बजेलाई बोलाएको हो ।सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०/८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ।
कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन ।
त्यसै गरी, सर्वसाधारण सेयर धनीहरूको प्रतिनिधित्व गर्ने सञ्चालक चयन गर्ने विशेष प्रस्ताव पनि रहेको छ। साधारण सभा प्रयोजनका लागि हाइड्रोपावरले पुस २ गते बुक क्लोम गर्ने भएको छ ।































