National life

सूर्योदय वोमीद्वारीको बोनस सेयर घोषणा, सेयरधनीले कति प्रतिशत पाउलान ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ माघ २०८०, आइतबार
588Shares
सूर्योदय वोमीद्वारीको बोनस सेयर घोषणा, सेयरधनीले कति प्रतिशत पाउलान ?
ncell

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमीटेडले सेयरधनीलाई बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।

१४.०७७ प्रतिशत शेयर वितरण प्रस्ताव राखेको कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको २१६ औं बैठकले आर्थिक वर्ष २०७९-८० सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई २०८० असार मसान्तसम्म कायम चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०० रुपैयाँको १४.०७७ प्रतिशत(१२ करोड ८२ लाख १० हजार ८५३ रुपैयाँ बराबर) बोनस सेय वितरणको प्रस्ताव गरेको हो ।

Royal Enfield
nic asia capital

राष्टबैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र घोषित बोनस सेयर कार्यान्वयनमा आउनेछ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब ३ करोड हाराहारीमा पुग्ने आकलन गरिएको छ ।

साबिकमा रहेका दुईवटा लघुवित्त संस्था एकआपसमा मर्ज भई २०७८ चैत १९ गतेदेखि एकीकृत वित्तीय कारोबार सुरु भएको हुँदा सो मितिदेखि २ वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्थाका कारण बोनस सेयरको कर प्रयोजनका लागि रकम नछुट्याइएको कम्पनीले प्रष्ट पारेको छ । यस्तै, यो कम्पनीले एफपीओ समेत निश्कासन गर्ने प्रक्रिया सुरु गरेकोले आगामी २०८० चैत १८ गते भित्र साधारणसभा हुन नसकेको खण्डमा पनि सेयरधनीहरुले लाभांश कर आफैंले तिर्नुपर्ने कम्पनीको प्रष्टोक्ति छ ।

संस्थाको हाल कायम पूँजी संरचना बमोजिम संस्थापक समूहको सेयर स्वामित्व ७०.३६ प्रतिशत तथा सर्वसाधारणतर्फको सेयर स्वामित्व २९.६४ प्रतिशत रहेकोमा सर्वसाधारणतर्फको सेयर स्वामित्व बढाई ३० प्रतिशत पुर्याउने प्रयोजनका लागि ४६, ७२९.५४५ कित्ता एफपीओ निश्कासनको प्रक्रियामा रहेकोले वार्षिक साधारणसभा सञ्चालन प्रयोजनार्थ बुक क्लोजभन्दा अगाडि नै सो सेयर समायोजन भएमा समायोजित सेयरधनीहरुलाई समेत प्रस्तावित बोनस सेयर वितरण गरिने कम्पनीले प्रष्ट पारेको छ ।

यो समाचार शेयर गर्नुहोस्
588SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?