National life

९९ लाख कित्ता हकप्रद सेयर जारी गर्दै हिमालय ऊर्जा, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ साउन २०८१, आइतबार
591Shares
९९ लाख कित्ता हकप्रद सेयर जारी गर्दै हिमालय ऊर्जा, कहाँ दिने आवेदन ?
ncell

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।

जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ९९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ। उक्त हकप्रद सेयरको लागि यसले असार २० गते बुक क्लोज गरिसकेको छ।

Royal Enfield
nic asia capital

हिमालय ऊर्जाले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ र लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय रामेछापबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले आइआरएन डबल रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।

यो समाचार शेयर गर्नुहोस्
591SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?