National life

निजी विद्यालयको शुल्क मिटरब्याजीको भन्दा महँगो भएकाे भन्दै गृहमन्त्रीको ध्यानाकर्षण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ असार २०८०, शुक्रबार
1.5kShares
निजी विद्यालयको शुल्क मिटरब्याजीको भन्दा महँगो भएकाे भन्दै गृहमन्त्रीको ध्यानाकर्षण
ncell

काठमाडौँ । उपभोक्ता जागरण अभियान नेपालले निजी विद्यालायको शुल्क मिटरब्याजीको भन्दा महँगो भएकाे भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै अभियानले निजी विद्यालायको फाराम शुल्क, भर्ना शुल्क, ट्युसन फी र अन्य शुल्क मिटरब्याजीको भन्दा महँगो भएकाले नियमन गर्न माग गरेको हो ।

बिहीबार अभियानको टोलीले उपभोक्ताको सार्वभौम अधिकारको संरक्षणका लागि नीतिगत सुधार गरेर बजार नियन्त्रण गर्न जोड समेत गृहमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । यस्तै तरकारी र फलफूलको आयातमा विषादीको अवशेष परीक्षणमा सरकार कठोर हुनुपर्ने, उपभोक्ता शिक्षालाई प्राथमिकतामा राखिनुपर्ने माग गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै स्वच्छ बजारको आधार सुशासन भएकाले बिचौलियालाई निरुत्साहित गर्ने नीति अख्तियार गरिनुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?