National life

बाढी प्रभावित त्रिभुवन त्रिशूली विद्यालय सञ्चालनमा चौधरी फाउण्डेसनको सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१८ दिन अगाडि|१६ भदौ २०८३, मङ्गलबार
1.2kShares
बाढी प्रभावित त्रिभुवन त्रिशूली विद्यालय सञ्चालनमा चौधरी फाउण्डेसनको सहयोग
ncell

काठमाडौं । चौधरी फाउण्डेसनले रसुवा बाढीबाट सर्वाधिक प्रभावित नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन प्रभावकारी सहयोग गर्ने निर्णय गरेको छ । बाढीका कारण प्रभावित विद्यार्थीहरुलाई विद्यालयमा फर्काई उनीहरुको मनोवैज्ञानिक असर कम गर्न एवं अध्ययनलाई अगाडि बढाउन चौधरी फाउण्डेसनले आपत्कालीन सहयोग गर्न लागेको हो ।

चौधरी फाउण्डेसनले उक्त विद्यालयमा डिजिटल क्लासरूमको अवधारणाअनुसार कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन लागेको हो । यसका लागि आवश्यक पर्ने स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर तथा इन्टरनेटको व्यवस्था मिलाइनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैगरी, कक्षाकोठामा फर्निचरको व्यवस्था मिलाउन काठमाडौंमा तयारी अवस्थामा रहेका फर्निचर विद्यालयमा पुर्‍याइनेछ । विद्यार्थीहरुका लागि स्कूल ब्याग र स्टेसनरी सामग्री पनि उपलब्ध गराइनेछ ।

बिद्यालयका प्रध्यानाधापक राजेन्द्र दवाडीले बिद्यालय संचालनमा ल्याउन वैकल्पिक भवनको व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो । सोहि भवनबाट तत्काल बिद्यालय संचालन गर्न चौधरी फाउण्डेसनले सहयोग गर्नेछ ।

त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालयमा करिव एक हजार छ सय विद्यार्थी अध्यनरत थिए । भदौ १० गतेको वाढीले उक्त बिद्यालय ध्वस्त वनाएको छ ।

‘हामी बाढी प्रभावित क्षेत्रका बालबालिकाहरुलाई मनोवैज्ञानिक असरबाट जोगाउन र उनीहरुको पढाइप्रति संवेदनशील बन्दै हाम्रो आपत्कालीन सहयोग कार्यक्रमअन्तर्गत त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालयमा जतिसक्दो चाँडो पठनपाठन अगाडि बढाउन चाहन्छौँ,’ चौधरी फाउण्डेसनका अध्यक्ष निर्वाण चौधरीले भन्नुभयो, ‘हामी जति सक्दो छिटो स्कूल सञ्चालन गर्न सकियोस् भन्ने चाहन्छौँ । सोहीअनुसार हाम्रा भौतिक एवं शैक्षिक सामग्रीहरु विद्यालयलाई हस्तान्तरण गर्नेछौँ ।’

विद्यालय सञ्चालन तत्काल अगाडि बढाउने विषयमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र विद्यालयका प्रध्यानाधापक  प्रिन्सिपल राजेन्द्र दवाडीबीच भदौ १५ गते गहन छलफल भएको थियो । सोही छलफलअनुसार चौधरी फाउण्डेसनले तत्काल विद्यालय सञ्चालन गर्ने वातावरण तयार गरेको छ ।

त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालयका प्रध्यानाधापक राजेन्द्र दवाडीले भन्नुभयो, ‘चौधरी फाउण्डेसनले विद्यालय सञ्चालनका लागि गर्नुभएको सहयोगले हाम्रा विद्यार्थीहरुको जीवनमा सकारात्मक प्रभाव पर्नेछ । हामीले वैकल्पिक भवनको बारेमा कुरा अगाडी बढाइसकेका छौँ । भवन व्यवस्थापन हुनासाथ चौधरी फाउण्डेसनबाट भौतिक एवं शैक्षिक सामाग्री प्राप्त हुनेछन । यसका लागि विद्यालय परिवार चौधरी फाउण्डेसनप्रति आभार व्यक्त गर्दछ ।’

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?