National life

त्रिविको परीक्षा र नतिजामा ढिलाइ नगर्न शिक्षामन्त्रीको कडा निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२२ असोज २०८३, बिहिबार
334Shares
त्रिविको परीक्षा र नतिजामा ढिलाइ नगर्न शिक्षामन्त्रीको कडा निर्देशन
ncell

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा सकिएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिविका सहकुलपति सस्मित पोखरेलले समयमै नतिजा निकाल्न निर्देशन दिएका हुन्।

त्रिविको ६७औँ वार्षिक दिवसको सभामा उनले परीक्षा र नतिजामा ढिलाइ भएको गुनासो आउने गरेको भन्दै शैक्षिक क्यालेन्डर कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरे।

विश्वविद्यालयको अधिकार विकेन्द्रीकरण गर्दै सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले डिजिटल प्रणाली, अनुसन्धान, पारदर्शिता र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री पोखरेलले त्रिविका आंगिक क्याम्पसको पूर्वाधार सुधार तथा विदेशी विद्यार्थी आकर्षित गर्ने कार्यक्रम अघि बढाउन पनि आग्रह गरे। कुलपति एवं प्रधानमन्त्री अनुपस्थित रहेकाले यसपटक सहकुलपतिका हैसियतमा पोखरेलले त्रिवि सभाको अध्यक्षता गरेका थिए।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
334SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?