काठमाडौं । प्रिमियर इन्टरनेसनल आई. बी. कन्टिनम स्कूलद्वारा आयोजित एक उद्यमशील प्रदर्शनी कार्यक्रमले युवा नवप्रवर्तकहरू, उद्योग क्षेत्रका विद्वानहरू तथा अभिभावकहरूलाई एकै स्थानमा ल्याउँदै विद्यार्थीद्वारा सञ्चालित व्यावसायिक अवधारणाहरूको प्रेरणादायी प्रस्तुति दिएको थियो ।
विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कक्षा ११ का NEB व्यवस्थापनका विद्यार्थीहरू र IBDP Year 1 का विद्यार्थीहरूलाई स्थानीय नेपाली स्रोतहरूमा आधारित पूर्ण व्यावसायिक अवधारणाहरू निर्माण गरेका थिए । प्रत्येक समूहले आफ्नो व्यवसायिक योजना सम्मानित निर्णायक मण्डलसमक्ष व्यावसायिक प्रस्ताव प्रस्तुत गर्ने शैलीमा (pitch-style) प्रस्तुति दिँदै सुझाव र सम्भावित लगानीको अपेक्षा गरेका थिए । यसले वास्तविक स्टार्टअप इकोसिस्टमको अनुभव दिलाउँदै कक्षाकोठाभन्दा बाहिरको व्यवहारिक सिकाइलाई प्रोत्साहन गरेको थियो ।
कार्यक्रमको निर्णायक मण्डलमा Birgit Lienhart (संस्थापक, KAR-MA Coffee), विनी वज्राचार्य (संस्थापक, Abir) तथा जीतेन्द्र रञ्जीत (संस्थापक, Avani Advertising) जस्ता प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो । उहाँहरूको अनुभव र सुझावहरूले विद्यार्थीहरूलाई दिगो तथा विस्तारयोग्य व्यवसाय निर्माणबारे व्यावहारिक दृष्टिकोण प्रदान गर्यो।
कार्यक्रममा जम्मा छ वटा नवप्रवर्तनशील व्यवसायिक अवधारणाहरू प्रस्तुत गरिएका थिए:
- प्राकृतिक सामग्रीबाट बनेको मच्छर भगाउने मिस्ट
प्रस्तुतिमा देखिएको सोचको स्तरबारे Mr. Ranjit ले भने: “कक्षा ११ मा हुँदै तपाईंहरू MBA स्नातकजस्तै सोच्दै हुनुहुन्छ। हाइस्कूल सकिनेबित्तिकै म तपाईंहरूलाई रोजगारी अवसर दिन चाहन्छु।”
यस पहलले अनुभवात्मक सिकाइको महत्त्वलाई उजागर गर्दै विद्यार्थीहरूलाई वास्तविक जीवनका चुनौतीहरूसँग प्रत्यक्ष रूपमा संलग्न गराएको थियो। व्यवसायिक मोडेल विकास र उद्योग विशेषज्ञसमक्ष प्रस्तुति गर्ने प्रक्रियामार्फत कक्षा ११ र IBDP Year 1 का विद्यार्थीहरूले समालोचनात्मक सोच, सिर्जनशीलता तथा उद्यमशील आत्मविश्वासजस्ता भविष्यका लागि आवश्यक सीपहरू प्रदर्शन गरे।
कार्यक्रमले युवा पुस्ताको सिर्जनशीलता र उद्यमशील क्षमतालाई मात्र उजागर गरेन, स्थानीय स्रोतहरूको उपयोगमार्फत् विश्वस्तरीय समाधान निर्माण गर्न सकिने सन्देश पनि प्रवाह गर्यो। अभिभावक तथा उपस्थित दर्शकहरूले विद्यार्थीहरूको प्रस्तुति शैली, व्यावसायिकता र लगनशीलता प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाए ।
यस्तो तत्परता विकास गर्नु नै विद्यालयको IB Continuum ढाँचाको उद्देश्य हो। बजार अनुसन्धानदेखि उत्पादन विकास र लगानीकर्तासमक्ष प्रस्तुतिसम्मका जीवन्त व्यावसायिक चुनौतीहरूमा विद्यार्थीहरूलाई संलग्न गराएर, प्रिमियर इन्टरनेसनलले सिकारुहरूलाई समालोचनात्मक सोच, सिर्जनशीलता र उद्यमशील आत्मविश्वास प्रदान गर्दछ। Futurepreneurs त्यही दर्शनको एक जीवन्त अभिव्यक्ति हो — जहाँ कठोर शैक्षिक अध्ययन र वास्तविक जीवनको प्रयोग मिल्दछन्, र विद्यार्थीहरू उद्योगका दिग्गजहरूसँगै आत्मविश्वासका साथ उभिन सक्षम हुन्छन्।





































