National life
cg eloctronics

स्वदेशमै रोजगारी सिर्जनामा सरकार केन्द्रित : युवा मन्त्री यादव

अब सरकार, रोजगारदाता र अन्य सरोकारवालाबीच सहकार्य गर्दै रोजगार सिर्जनाका उपायहरूमा केन्द्रित हुनेछौँ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|३१ जेठ २०८३, आइतबार
1.7kShares
स्वदेशमै रोजगारी सिर्जनामा सरकार केन्द्रित : युवा मन्त्री यादव
ncell

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले युवालाई सिप, रोजगारी र उद्यमशीलतासँग जोड्ने कार्यलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाइरहेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ लाई सम्बोधन गर्दै मन्त्री यादवले रोजगारीका अवसर विस्तार गर्न सरकार रोजगारदाता तथा सरोकारवाला पक्षसँग निरन्तर छलफल र सहकार्य गर्दै अघि बढ्ने योजना रहेको जानकारी दिए।

उनले बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी प्रभावकारी कानुन निर्माण गरेर त्यसमार्फत पनि रोजगारीका नयाँ अवसर सिर्जना गर्ने लक्ष्य रहेको उल्लेख गरे।

मन्त्री यादवले युवाहरूलाई रोजगारी खोज्दै विदेश जानुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै सरकारले सोही दिशामा काम गरिरहेको स्पष्ट पारे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनका अनुसार, “हामीले युवालाई सिप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाएका छौँ। अब सरकार, रोजगारदाता र अन्य सरोकारवालाबीच सहकार्य गर्दै रोजगार सिर्जनाका उपायहरूमा केन्द्रित हुनेछौँ।”

उनले विदेशमा रहेका नेपाली युवालाई समेत स्वदेशमै फर्केर रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताए।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?