National life

तालिम दिएर मात्र हुँदैन, युवाले रोजगारी पाए कि पाएनन् हेर्नुपर्छ : मन्त्री यादव

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२५ असोज २०८३, आइतबार
320Shares
तालिम दिएर मात्र हुँदैन, युवाले रोजगारी पाए कि पाएनन् हेर्नुपर्छ : मन्त्री यादव
ncell

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गरी युवालाई रोजगारीसँग जोड्नुपर्ने बताएका छन्। आइतबार भक्तपुरमा एभरेस्ट मल्टी स्किल प्रालिको उद्घाटन गर्दै उनले शैक्षिक प्रमाणपत्रभन्दा व्यावहारिक सीप र त्यसबाट प्राप्त हुने रोजगारीलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।

उनका अनुसार तालिम प्रदायक संस्थाको प्रभावकारिता कति जनाले तालिम लिए भन्ने तथ्याङ्कबाट मात्र मापन गर्न मिल्दैन। तालिमपछि कति जनाले रोजगारी पाए, कति जनाले आफ्नै व्यवसाय सुरु गरे र उनीहरूको आम्दानीमा कस्तो परिवर्तन आयो भन्ने विषयलाई पनि आधार बनाउनुपर्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री यादवले एभरेस्ट मल्टी स्किल प्रालिको स्थापना एउटा संस्थाको सुरुवातमा मात्र सीमित नभई युवाको भविष्य निर्माण र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने अभियानका रूपमा लिनुपर्ने बताए। उनले युवालाई सीप सिक्न प्रोत्साहित गर्दै श्रमप्रति सम्मानको भावना विकास गर्नुपर्नेमा जोड दिए।

सरकारको प्राथमिकता स्वदेशमै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्नुका साथै वैदेशिक रोजगारीमा जाने युवालाई दक्ष र सुरक्षित श्रमिकका रूपमा पठाउनु रहेको उनको भनाइ थियो। यसका लागि सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।

कार्यक्रममा एभरेस्ट मल्टी स्किल प्रालिका अध्यक्ष खगेन्द्र न्यौपानेले सीपको अभावमा नेपाली युवाले स्वदेश तथा विदेशमा रोजगारीका क्रममा विभिन्न कठिनाइ भोग्नुपरेको बताए।

मलेसियामा २५ वर्षदेखि बस्दै आएको आफ्नो अनुभव सुनाउँदै उनले सीप र व्यावसायिक दक्षता भएका श्रमिकले तुलनात्मक रूपमा राम्रो पारिश्रमिक तथा रोजगारीका अवसर पाउने बताए। सीप नहुँदा भने श्रमिकले कठिन काम गर्नुपर्ने र विभिन्न समस्या झेल्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे।

अध्यक्ष न्यौपानेका अनुसार संस्थाको मुख्य उद्देश्य अदक्ष श्रमिकलाई अर्धदक्ष र अर्धदक्ष श्रमिकलाई पूर्ण दक्ष जनशक्तिमा रूपान्तरण गरी रोजगारीका लागि तयार गर्नु हो। यसबाट नेपाली युवालाई श्रम बजारको मागअनुसार दक्ष बनाउँदै रोजगारीका अवसर प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
320SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?