National life

असोजमा २ दिने पावर समिट हुने, ३० भन्दा धेरै देशका लगानीकर्ता सहभागी हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ असार २०८२, बिहिबार
1.4kShares
असोजमा २ दिने पावर समिट हुने, ३० भन्दा धेरै देशका लगानीकर्ता सहभागी हुँदै
ncell

काठमाडौँ । आगामी असोज १ र २ मा पावर समिट २०२५ आयोजना हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान) को आयोजनामा दुई दिने पावर समिट हुने भएको हो । यस्तो समिट  २र२ वर्षमा आयोजना हुँदै आएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले आज पत्रकार सम्मेलन गर्दै नेपालको कुल ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशत भन्दा बढी रहेको उल्लेख गर्दै।

Royal Enfield
nic asia capital
बहुदलीय प्रजातन्त्रपछि ऊर्जामा निजी क्षेत्रलाई खुला गरेसँगै नेपाल सरकारले अघि सारेको लगानीमैत्री नीतिकै कारण नेपालको कुल उत्पादन क्षमता ३६०२ मेगावाट पुग्दा २९०० मेगावाट विद्युत् निजी क्षेत्रबाट उत्पादन भइरहेको जनाएको छ ।

त्यस्तै, ऊर्जा उत्पादनमा निजी क्षेत्रको प्रवेश भएको २५ वर्षमै निजी क्षेत्रले यति धेरै उत्पादन गर्न सफल स्पष्ट पार्दै हालसम्म निजी क्षेत्रले १३ खर्ब रुपैयाँ बराबरको लगानी गरिसकेको र ५० खर्ब रुपैयाँ लगानीको लागि तम्सिएको इप्पानले जनाएको छ।

साथै, निजी क्षेत्रकै अगुवाइमा ४२०० मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको र ४१०० मेगावाट क्षमताका आयोजनाहरू विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको तथा नेपाल सरकारले आगामी १० वर्षभित्र थप २५ हजार मेगावाट निर्माण गर्ने ऊर्जा विकास मार्गचित्र–२०८१ अघि सारेको परिपेक्ष्यमा आगामी असोजमा ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमको रूपमा परिचित पावर समिट, २०२५  आयोजना हुने जनाएको छ ।

इप्पानको विशेष कार्यक्रम (IPPAN's flagship event) को रूपमा सुपरिचित यो पावर समिट आगामी २०८२ सालको असोज १ र २ गते अर्थात् तदनुसार १७–१८ सेप्टेम्बर, २०२५ मा काठमाडौँमा हुन लागेको छ । यो पावर समिटको नारा :Mission 28,500 MW: Powering Nepal, Energizing Region रहेको छ ।

नेपालको ऊर्जा उत्पादनको ११४ वर्षको इतिहासमा ३६ सय मेगावाट मात्र उत्पादन क्षमता पुगेको सन्दर्भमा सन २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पुर्‍याउने सरकारको लक्ष्य हासिल गर्नु निजी क्षेत्रको जिम्मेवारी र दायित्व हो भन्ने महसुस गरी यही नाराका साथ नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्व र नेपालस्थित भारतीय दूतावास देशीय साझेदारी (Country partner) का साथै विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था, निकाय र कम्पनीहरूको सहभागितामा वृहत् रूपमा यो समिट आयोजना गर्न लागिएको हो ।

प्रधानमन्त्री एवं विभिन्न देशका बिशिष्ठ व्यक्तित्वहरू, विज्ञहरू लगायतको सहभागितामा हुन लागेको यो पावर समिट सन् २००६, २००७, २००८, २०१२, २०१३, २०१६, २०१९ र २०२३ पछिको नवौँ संस्करण हो । ऊर्जा विकास मार्ग चित्र, २०८१ को सफल कार्यान्वयनमा सहयोग पुर्‍याउन र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रीय बजारमा व्यापार गर्न रगराउन ३० भन्दा धेरै देशका लगानीकर्ताहरू, कूटनीतिक तथा विकास साझेदार नियोगका अधिकारीहरू, सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्रहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रबुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एउटै छाना मुनी भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुको बारे नीतिगत बहस गर्ने मुख्य उद्देश्य समिटको रहेको उल्लेख छ ।  ।

विशेष गरी ऊर्जा मार्गचित्र कार्यान्वयनसँग जोडिएको नेपाल र दक्षिण एशियाली देशहरूको हरित र स्वच्छ ऊर्जा उपलब्धता, विद्युत् र कार्बन व्यापारसँगै नवीनतम वित्तीय उपकरणको विकास, ऊर्जा सुरक्षाको सुनिश्चितता, अन्तर्देशीय पूर्वाधारहरू निर्माणमार्फत क्षेत्रीय सम्पर्क (Regional Connectivity) विस्तार, नेपाल र दक्षिण एशियाली मुलुकहरूको नेट जिरो इमिसनको लक्ष्य हासिल, दिगो र समावेशी ऊर्जा विकास जस्ता क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोलाई सम्बोधन गरी नेपाललाई हरित ऊर्जा विकासकर्ता मुलुकको रूपमा चिनाउने थलो समिट बन्ने इप्पानको अपेक्षा रहेको बताएको छ ।

समिटमा हुने आन्तरिक तथा वाह्य पूर्वाधार निर्माण र खपत वृद्धि, जलवायु परिवर्तनको असर र न्यूनीकरणसँगै प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण जस्ता चुनौतीहरूको सामनाका लागि नेपाल र अन्य देशहरूले बनाउनुपर्ने नीति निर्माणसँगै विश्वका विभिन्न देश र विकास साझेदारहरूको अनुभव र अभ्यासहरूको बारेमा समेत समिटमा छलफल हुनेछ। यी मुद्दा र विषयमा केन्द्रित हुने समिटले नेपालको दिगो ऊर्जा विकास र क्षेत्रीय बजारमा दरिलो उपस्थितिका लागि अबको बाटो पहिल्याउने गरी ठोस सुझाव र मार्ग निर्देशन प्राप्त हुने र यसले क्षेत्रीय बजारमा नेपालको ऊर्जालाई प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?