National life

आजदेखि बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ असार २०८२, मङ्गलबार
674Shares
आजदेखि बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला, कहाँ दिने आवेदन ?
ncell

काठमाडौं । आज असार ३१ गतेदेखि बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १ः१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गरेको हो । यसले १ सय अंकित मूल्यमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ।

हकप्रद सेयरको लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेको छ।

Royal Enfield
nic asia capital
यसर्थ, जेठ २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन्। यो हकप्रद सेयरमा लगानीकर्ताले साउन १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेड रहेको छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हकप्रद सेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
674SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?