काठमाडौँ । एसियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ६ लाख ५१ हजार रुपैयाँ खुद घाटा बेहोरेको छ । गत वर्षको यसैअवधिमा कम्पनी ४ करोड ८८ लाख घाटामा थियो । कम्पनीले गत वर्षको तुलनामा कम नोक्सानी बेहोरेको हो ।
यसअवधिमा कम्पनीले विद्युत बिक्रीबाट ९ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष त्यो आम्दानी ९ करोड ४३ लाख थियो । यता, वित्तीय खर्च ८ करोड १७ लाखबाट घटेर ६ करोड ६४ लाख रुपैयाँ कायम भएको छ ।
विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा नोक्सानी घट्न पुगेको हो । ३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एसियनको जगेडा कोष ४ करोड ७२ लाख रुपैयाँले ऋणात्मक छ । यसको प्रतिशेयर आम्दानी ९.०३ रुपैयाँले ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ ८६.११ रुपैयाँ छ ।






































