काठमाडौँ। जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले माग गरेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै माओवादी सांसद अमनलाल मोदीले ठेक्का मिलेमतो र सेटिङबाट सार्वजनिक खरिद नियमावली विपरीत भएको कुरा उठेकाले सभामुखमार्फत सरकारसँग छानबिनको माग गरेका हुन् ।
मोदीले सरकारी काम सेटिङ र मिलेमतोबाट नभई ऐन र कानुनअनुरूप हुनुपर्ने धारणा राखेका हुन् ।






































