काठमाडौँ । झापा इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले असार ३१ गते कम्पनीलाई ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।
यो कम्पनीले झापामा १० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना निर्माण गरेको छ जसबाट २०८० माघ ९ गतेदेखि व्यवसायिक उत्पादन सुरु भएको थियो।
आयोजनाबाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन गरी वार्षिक १२ करोड ८५ लाख रुपैयाँ आम्दानी हुने कम्पनीले अनुमान गरेको छ।






























