National life

‘टेक एन्ड पे पीपीएको प्रावधान हटेपछि नियमित योजनाले निरन्तरता पाउँछ : इप्पान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ असार २०८२, बिहिबार
460Shares
‘टेक एन्ड पे पीपीएको प्रावधान हटेपछि नियमित योजनाले निरन्तरता पाउँछ : इप्पान
ncell

काठमाडौं। आगामी आर्थिक वर्षको बजेटबाट टेक एन्ड पेको प्रावधान हटेपछि निजी क्षेत्रले जलविद्युतमा ढुक्क भएर लगानी गर्ने वातावरण बन्ने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले बताएको छ ।

इप्पानले विहिवार पत्रकार सम्मेलनपछि जारी गरेको विज्ञप्तिमा संसदमा बहुमत रहने सरकारले ल्याएको बजेट विशेष अवस्थामा पनि परिवर्तन नहुने विगतको परम्परा रहेकोमा सबैको साथ सहित इप्पानले गरेको भद्र र शान्तिपूर्ण आन्दोलनबाटै टेक एन्ड पे पीपीएको प्रावधान हटाउने घोषणा गरिनुलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिएको उल्लेख छ।

‘टेक एन्ड पे पीपीएको प्रावधान हटेपछि नियमित रहेको र घोषणापछि बन्द भएको १० मेगावाटसम्मको पीपीएले निरन्तरता पाउने, प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार थप पीपीए हुने तथा मन्त्रिपरिषद्बबाट पारित ऊर्जा विकास मार्गचित्र, २०८१ को आधारमा पीपीए खुला भई निजी क्षेत्रले ढुक्कका साथ लगानी गर्ने वातावरण निर्माण हुने अपेक्षा रहेको इप्पानले बताएको छ ।

सरकारको १३ हजार ५०० मेगावाट आन्तरिक खपत गर्ने तथा १५ हजार मेगावाट विद्युत निर्यात गर्ने योजनालाई सफल बनाउने दायित्व निजी क्षेत्रको पनि भएकोले यसका लागि आफूहरु तयार रहेको विज्ञप्तिमा उल्लेख छ।

Royal Enfield
nic asia capital
‘सरकारका विभिन्न मन्त्रालय र निकायका साथै विद्युत प्राधिकरणलगायतबाट समेत यो लक्ष्य हासिल गर्नका लागि लगानीको उचित वातावरण निर्माण गरी सबै किसिमको सहजीकरण हुने अपेक्षा हामीले गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ।

यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?