National life

दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँड, पाँच जना भाग्यमानीलाई मिल्यो ११ कित्ता शेयर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ साउन २०८२, बिहिबार
531Shares
दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँड, पाँच जना भाग्यमानीलाई मिल्यो ११ कित्ता शेयर
ncell

काठमाडौँ । दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो ।

क्यापिटलका अनुसार २ लाख ४२ हजार ३१८ जनाले १० कित्ता शेयर प्राप्त गरेका छन् भने ५ जनाले थप एक कित्ता शेयर गरी ११ कित्ता आइपीओ प्राप्त गरेका छन् ।

Royal Enfield
nic asia capital
कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेकोमा २२ लाख ८३ हजार २२६ जनाको आवेदन मात्रै सदर भएको छ भने १३ हजार २३९ जनाको आवेदन बदर भएको छ ।

कम्पनीको आइपीओमा २ करोड ६४ लाख ९८ हजार ५९० कित्ताका लागि आवेदन परेकोमा २ करोड ६३ लाख १२ हजार ६८० कित्ता शेयर सदर भएको छ । आइपीओको नतिजा भने सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडले सञ्चालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?