National life

दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ साउन २०८२, सोमबार
531Shares
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
ncell

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत साउन १५ गतेदेखि जारीपूँजीको २८.३३ प्रतिशत अर्थात २९ लाख १९ हजार ५ सय कित्ता सेयर जारी गरेको थियो ।

कम्पनीले गत जेठ २० गते प्रति सेयर रू.
Royal Enfield
nic asia capital
१०० अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये जसमध्ये जारीपूँजीको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका १० लाख ३० हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्र गुल्मि जिल्ला मुसिकोट नगरपालिका, बाग्लुङ जिल्ला गलकोट नगरपालिका, बाग्लुङ जिल्ला बडिगाड गाउँपालिकाका स्थानिय वासिन्दाहरुका लागि र सर्वसाधारणका लागि छुट्टाइएको सेयरमध्येको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका ५८ हजार ३९० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि गत असार ९ गतेदेखि असार २३ गतेसम्म जारी गरिएको थियो ।

आम सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?