National life

दिव्यश्वरी हाइड्रोपावरको साधारण सभा अब असार ९ गते बस्दै, यी हुन् एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ जेठ २०८२, मङ्गलबार
596Shares
दिव्यश्वरी हाइड्रोपावरको साधारण सभा अब असार ९ गते बस्दै, यी हुन् एजेण्डा
ncell

काठमाडौँ । दिव्यश्वरी हाइड्रोपावरको वार्षिक साधारण सभा असार ९ गतेका लागि आह्वान गरिएको छ । यसअघि स्थगित भएको उक्त सभा अन्नपूर्ण पार्टी भेन्यू मैतीदेवी सेतो पुल, काठमाडौँमा बिहान दिउँसो १ बजेबाट सुरु हुने भएको छ ।

यस अघि कम्पनीको जेठ २२ गते बस्ने भनिएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुँदैछ।

Royal Enfield
nic asia capital
साथै, अन्य कम्पनीसँग गाभ्ने, गाभिने अथवा प्राप्तिसम्बन्धी कार्य गर्न तथा प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समावेश भएको छ।

यस्तै, आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ।  आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा गर्न कम्पनीले जेठ ८ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, जेठ ७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?