National life

नेपालबाट बंगलादेशले ५०० मेगावाट बिजुली लैजाने योजना अन्यौलमा, यस्तो छ कारण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असार २०८२, बुधबार
585Shares
नेपालबाट बंगलादेशले ५०० मेगावाट बिजुली लैजाने योजना अन्यौलमा, यस्तो छ कारण
ncell

काठमाडौँ । बंगलादेशले नेपालबाट ५०० मेगावाट बिजुली लैजाने योजना अन्यौलमा परेको छ। बङ्गलादेश सरकारले स्पेसल पावर एक्ट अन्तर्गत भएका सबै सम्झौता स्थगित गर्ने निर्णय गरेसँगै जिएमआर कम्पनीसँगको सम्झौता अन्यौलता परेका हुन्।

नेपालको अपर (माथिल्लो) कर्णाली जलविद्युत आयोजनाबाट ५०० मेगावाट बिजुली लैजाने योजना अनिश्चित भएको हो । यस अगाडि नेपालको ९०० मेगावाट क्षमताको जिएमआर अपर कर्णाली जलविद्युत आयोजनाबाट बिजुली लैजाने विषय तीन देशीय मोडलमा कार्यान्वयन गरिने उल्लेख गरिएको थियो।

Royal Enfield
nic asia capital

तर बंगलादेशले हालै निर्णय गर्दै यसलाई अघि नबढाउने संकेत दिएको बंगलादेशीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। बंगलादेशले भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट बिजुली लैजाने योजना थियो। अहिले पनि नेपालबाट ४० मेगावाट बिजुली निर्यात भइरहेको छ।

बंगलादेशले यो प्रसारण लाइन मार्गप्रति भूराजनीतिक र रणनीतिक चासो देखाउँदै प्रश्न समेत उठाएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। बंगलादेशी अधिकारीहरूको भनाइमा अहिलेको अन्तरिम सरकार यो आयोजना अघि बढाउने विषयमा खासै इच्छुक देखिएको छैन। २०२४ मा बंगलादेशले भारतको जिएमआर इनर्जीसँग एमओयु गरेर नेपालबाट ५०० मेगावाट बिजुली लैजाने योजना अघि सारेको थियो।

स्पेसल पावर एक्ट अन्तर्गत भएका अन्य परियोजनाहरू जस्तै तेल, ग्यास, ऊर्जा उत्पादन तथा खरिद सम्बन्धी सम्झौताहरू पनि वर्तमान सरकारद्वारा खारेज गरिँदै गएको सन्दर्भमा अपर कर्णाली जिमएआर परियोजना पनि स्थगित हुने प्रस्ट देखिएको उल्लेख गरिएको छ।

नेपालले बङ्गलादेशमा पहिलो पटक गत वर्ष कात्तिक १८ (जुलाई १५) मा नेपाल विद्युत् निर्यात गरेको थियो। यो वर्षका लागि पनि ४० मेगावाट बिजुली निर्यात सुरु भइसकेको छ। नेपाल विद्युत् प्राधिकरणले यो बर्खाको पाँच महिना निरन्तर बङ्गलादेशमा विद्युत् निर्यात गर्ने उल्लेख गरेको छ।

भारतीय प्रसारण लाइन प्रयोग गरेर बर्खा याममा बिजुली निर्यात गरिँदै आएको छ। प्राधिकरणले यस वर्ष असार १ (जुन १५) राति १२ बजेदेखि ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो।

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?