National life

नेपाल-अस्ट्रेलिया सम्बन्धको ६५ वर्षको यात्रा: प्रविधि क्षेत्रमा सहकार्य गर्न तयार छौ 'मन्त्री खड्का'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ साउन २०८२, सोमबार
1KShares
नेपाल-अस्ट्रेलिया सम्बन्धको ६५ वर्षको यात्रा: प्रविधि क्षेत्रमा सहकार्य गर्न तयार छौ 'मन्त्री खड्का'
ncell

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कासँग अष्ट्रेलियाका नेपालस्थित राजदूत महामहिम लिआन जोनस्टनले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा भएको उक्त शिष्टाचार भेटमा मन्त्री खड्काले नेपाल सरकार र मन्त्रालयको तर्फबाट राजदूत जोनस्टनलाई स्वागत गर्दै नेपाल–अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध यस वर्ष ६५औं वर्षमा प्रवेश गरेको प्रसंग स्मरण गरेका हुन् ।

मन्त्री खड्काले नेपाललाई प्रदान हुँदै आएको अष्ट्रेलियाली सहयोगप्रति आभार व्यक्त गर्दै, छात्रवृत्ति तथा क्षमता विकास कार्यक्रमहरूले नेपालको जनशक्ति सुदृढीकरणमा खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।

साथै, मन्त्री खड्काले जलविद्युत विकास, नवीकरणीय ऊर्जा, प्रसारण प्रणाली आधुनिकीकरण, जलवायु अनुकूलित सिंचाइ, स्वच्छ ऊर्जा, पूर्वाधार र प्रविधि क्षेत्रमा सहकार्यको अपार सम्भावना रहेको उल्लेख गर्दै नेपालको हरित ऊर्जा रूपान्तरण यात्रामा अष्ट्रेलियाली प्रविधि र लगानीलाई स्वागत गर्ने प्रतिबद्धता जनाए ।

Royal Enfield
nic asia capital

भेटका क्रममा राजदूत जोनस्टनले मन्त्री खड्कालाई ८–१० सेप्टेम्बर २०२५ मा फ्रान्सको पेरिसमा आयोजना हुने अन्तर्राष्ट्रिय पम्प्ड स्टोरेज जलविद्युत सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा गरेका छन् ।

मन्त्री खड्काले सो अवसरले ऊर्जा क्षेत्रका नयाँ अवसर पहिचान र ऊर्जा समिश्रण हासिल गर्न पम्पस्टोरेज आयोजनाले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । राजदूत जोनस्टनले मन्त्री खड्काको पहलमा तयार भएको “ऊर्जा क्षेत्र विकास मार्गचित्र २०८१” का लागि बधाई तथा सफल कार्यान्वयनका शुभकामना व्यक्त गर्दै थप जानकारी लिन जिज्ञासा राखे ।

त्यस क्रममा मन्त्री खड्काले मार्गचित्रअनुसार सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताए । जसअन्तर्गत १३ हजार पाँच सय मेगावाट आन्तरिक खपत, १० हजार मेगावाट भारतमा निर्यात र पाँच हजार मेगावाट बंगलादेशमा निर्यात गर्ने योजना रहेको जानकारी दिए ।

राजदूत जोनस्टनले वातावरणीय सन्तुलन कायम राख्दै जलविद्युत विकास नेपालका लागि लाभदायी हुनेमा विश्वास व्यक्त गर्दै यस महत्वाकांक्षी योजनामा अष्ट्रेलियाको सहयोग र साझेदारी रहने आश्वासन दिए ।

मन्त्री खड्काले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई विशेषगरी ऊर्जा, जलस्रोत र सिंचाइ क्षेत्रमा अझ सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गर्दै राजदूत जोनस्टनको नेपालमा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?