काठमाडौँ। चालु आवको तेस्रो त्रैमाससम्म बरुण हाइड्रोपावर इलेक्ट्रिक कम्पनी लिमिटेडले ३५ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनी ४ करोड ९२ लाख रुपैयाँ घाटामा थियो ।
जलविद्युत आयोजनाबाट पुनःविद्युत उत्पादन सुरु भएसँगै कम्पनीको नाफामा सुधार आएको हो । कम्पनीको हेवाखोला जलविद्युत आयोजना सञ्चालन भइसकेको छ ।
यस अवधिमा कम्पनीको गैर सञ्चालन आम्दानी १ करोड ५ लाख रहेको छ । साथै, कम्पनीको चुक्तापूँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको छ । कम्पनीले सेयर प्रिमियम (हकप्रद) शीर्षक अन्तर्गत ४ करोड ३७ लाख रुपैयाँ सञ्चित गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.५९ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ११२.९० रुपैयाँ, मूल्य आम्दानी अनुपात ४६२.७२ गुणा यस्तै कम्पनीको रिटेन्ड अर्निङ २ करोड ५३ लाख रहेको छ । त्यस्तै, तेस्रो त्रैमाससम्म कम्पनीको कुल चालु सम्पत्ति १० करोड ६३ लाख र कुल चालु दायित्व ३ करोड ७२ लाख रुपैयाँ छ ।






























