National life

बाढीका कारण एक घर पूर्णरूपमा क्षति, हाइड्रोमा क्षति पुग्दा दुई सय घर अन्धकारमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ जेठ २०८२, बुधबार
504Shares
बाढीका कारण एक घर पूर्णरूपमा  क्षति, हाइड्रोमा क्षति पुग्दा दुई सय घर अन्धकारमा
ncell

काठमाडौँ । सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको बाढी पहिरोको कारण एक घर पूर्ण रूपमा भत्किएको छ ।

मङ्गलबार अविरल वर्षासँगै आएको पहिरो घरमाथिबाट खस्दा स्थानीय फुनुर्बु शेर्पाको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । शेर्पाको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर पूर्ण रूपमा क्षति भएको प्रहरी जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठका अनुसार पहिरोका कारण मानवीय र पशुचौपायको क्षति भने भएको छैन।

Royal Enfield
nic asia capital
माथिल्लो क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ ।

पहिरो पीडित सेदुवास्थित आफन्तको घरमा बसिरहेका छन् । केही दिनअघिको वर्षासँगै आएको बाढीले भोटखोला–३ का दुई वटा हाइड्रोपावर बगाएको थियो । उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकामा हाइड्रोपावर बगाउँदा दुई सय ५० घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
504SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?