National life

बाढीले बागलुङको कालुङ्खोला लघु जलविद्युत् आयोजनाको पावरहाउस बगायो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ असार २०८२, बुधबार
408Shares
बाढीले बागलुङको कालुङ्खोला लघु जलविद्युत् आयोजनाको पावरहाउस बगायो
ncell

काठमाडौं  । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघु जलविद्युत् आयोजनाको बाँध र पावर हाउस बगाएको छ।

आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावर हाउस बगाएको स्थानीय गङ्गा आचार्यले जानकारी दिइन् । गत वर्ष रु ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको आचार्यले बताइन् ।

बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ ।

Royal Enfield
nic asia capital
ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय विद्युत् पैयुथन्थापका १३० घरमा बिजुली आपूर्ति बन्द भएको छ ।

पैयुथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन् । सात परिवार बाढी पहिरोको जोखिममा रहेका स्थानीय आचार्यले बताइन्। खोला किनारमा लगाइएको धान बालीमा पनि बाढीबाट क्षति भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
408SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?