National life

बुंगल हाइड्रो कम्पनीको आईपीओ निष्कासन, कसले कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असार २०८२, आइतबार
448Shares
बुंगल हाइड्रो कम्पनीको आईपीओ निष्कासन, कसले कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ। आजदेखि बुंगल हाइड्रो कम्पनीले आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले २९ करोड ५ लाख रुपैयाँको आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। प्रतिकित्ता १०० रुपैयाँका दरले २९ लाख ५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

Royal Enfield
nic asia capital
कम्पनीले ८ लाख ३० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गर्ने छ।

आयोजना अति प्रभावित बझाङ जिल्ला बुंगल नगरपालिका वडा ६ ९साबिक पिपलकोट गाविस वडा( ४, ५ र ७० र वडा-७ (साबिक कफल्सेरी गाविस वडा- १० का बासिन्दाका लागि ६५ प्रतिशत बाँकी ३५ प्रतिशत सेयर बुंगल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाका लागि छुट्टाएको छ ।

कम्पनीले २ लाख ७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीका निष्कासन गर्ने छ । आयोजना प्रभावित र स्थानीयले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीयले केदारस्यु–१ स्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखा, बुंगलस्थित कृषि विकास बैंकको शाखा, जयपृथ्वी नगरपालिकास्थित ग्लोबल आइएमई बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितो पत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीयले भने माग अनुसार आवेदन नपरेको खण्डमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
448SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?