National life
cg eloctronics

बुटवल पावरको खुद नाफा २१ करोड, अरू सूचक यस्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ वैशाख २०८२, सोमबार
611Shares
बुटवल पावरको खुद नाफा २१ करोड, अरू सूचक यस्ता
ncell

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २१ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको समीक्षा अवधिको तुलनामा १६.७८ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले १८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको सञ्चालन आम्दानी ५४ करोड ३७ लाखबाट बढेर ५५ करोड ८७ लाख रुपैयाँ पुगेको छ । यता, अन्य आम्दानी ६ करोड ४४ लाखबाट बढेर ६ करोड ९१ लाख पुगेको छ ।

वित्तीय खर्च ९३ लाख ३६ हजारबाट घटेर ६१ लाख ४० हजार कायम भएको छ । ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ३ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ छ । कम्पनीको इपीएस ६.१७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २०७.६० रुपैयाँ छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
611SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?