काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके नेपालले प्रत्येक वर्ष कम्तीमा पनि ६ खर्ब कमाउने सक्ने बताएका छन्।
मधेस प्रदेशमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सकिए करिब–करिब ६ खर्बदेखि ७ खर्ब बर्सेनि कमाइ हुने धारणा राखेका छन् । त्यो भनेको हाम्रो ४५र५० खर्ब बराबरको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को १५ः२० प्रतिशत हिस्सा विद्युत् निर्यातबाट मात्र हुने उनको भनाई छ ।
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र घिसिङ कार्यकारी निर्देशक पदमा रहेका बेला भारत भ्रमणको क्रममा भारतलाई १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भएको थियो।
लोडसेडिङ भएको भए आज इलेक्ट्रिक भेइकल, चार्जिङ स्टेसनको नाम पनि देख्न सकिने अवस्था हुँदैनथ्यो। तर अहिले टोटल गाडीमा अब १० प्रतिशत हिस्सा इलेक्ट्रिक गाडीले लिइसकेको छ। र यसको वृद्धि द्रुतगतिमा भइरहेको छ। घिसिङले भने
उनले अब धेरै ठाउँमा खाना पकाउने ग्याँस र पेट्रोल डिजेल प्रतिस्थापन गर्नुपर्ने अवस्था आइसकेको धारणा राखेका छन्। त्यसो गर्न सकिए व्यापार घाटा कम हुने उनको भनाई ।






























