काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा को खुद नाफा १३३.९५ प्रतिशतले बढेको छ।
कम्पनीले आर्थिक वर्ष २०८/८२ मा ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
यो आम्दानी अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ३३.९२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत् बिक्रीको आम्दानी ९७ करोड ६२ लाख रुपैयाँ थियो । साथै, यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तरगत ८ करोड ६ लाख रुपैयाँ प्राप्त गरेको छ।
साथै कम्पनीको ब्याज खर्च २६ करोड ८८ लाखबाट घटेर २४ करोड ४३ लाख कायम भएको छ। विद्युत् बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो। कम्पनीको सञ्चालन मुनाफा पनि ५४ करोड ३० लाखबाट बढेर ८९ करोड २१ लाख पुगेको छ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निंगमा १ अर्ब ३५ करोड रहेको छ। त्यस्तै, अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११.८८ रुपैयाँबाट बढेर २४.१७ रुपैयाँ पुगेको छ। भने प्रति शेयर नेटवर्थ १४८.२० रुपैयाँबाट बढेर १५२.११ रुपैयाँ कायम भएको छ ।






























