नेपाल विद्युत् प्राधिकरणलाई निजीकरण गर्ने षड्यन्त्रविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौँ जिल्ला कमिटीले नौ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भेटेर कमिटीले नौ बुँदे ज्ञापन पत्र बुझाएको हो । नेपालको ऊर्जा क्षेत्रमा बिचौलियाहरूको प्रवेश लाई सहज हुने गरी बनाइएका नीति नियमहरू खारेज गर्नुपर्ने, अघोषित लोडसेडिङ गर्ने कार्य तुरुन्त बन्द गर्नुपर्ने, तत्काल बक्यौता महसुस असुली गरी ऋण लिने काम बन्द गर्नुपर्ने लगायतका विषय ज्ञापन पत्रमा समेटिएको छ ।







































