National life

विद्युत् बिक्री आम्दानी घटेसँगै बुद्धभुमि नेपाल हाइड्रोपावरको नोक्सानी २ करोड नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ साउन २०८२, सोमबार
568Shares
विद्युत् बिक्री आम्दानी घटेसँगै बुद्धभुमि नेपाल हाइड्रोपावरको नोक्सानी २ करोड नाघ्यो
ncell

काठमाडौँ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको नोक्सानी चुलिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २ करोड २५ लाख रुपैयाँ नोक्सानीमा पुगेको हो।

अघिल्लो आर्थिक वर्षमा कम्पनीको नोक्सानी १ करोड ४९ लाख रुपैयाँ रहेको थियो। विद्युत् बिक्री आम्दानी घटेसँगै नोक्सानी बढ्न पुगेको हो।

Royal Enfield
nic asia capital
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी १४ करोड ८८ लाख रुपैयाँबाट घटेर १४ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।

साथै, कम्पनको कुल नाफा १४ करोड १ लाख रुपैयाँबाट १३ करोड ६२ लाख रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने ६ करोड २७ लाख रुपैयाँबाट बढेर ७ करोड २६ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६५ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ १४ पैसा रहेको छ।

कम्पनीको रिटेन्ड अर्निङ्ग १० करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
568SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?