काठमाडौँ। नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादन भएको थप २०० मेगावाट विद्युत् खरिदका लागि भारत सरकारले सहमति प्रदान गरेको छ ।
यस अघि अनुमति प्राप्त भएका ८१०.९ मेवा र थपिएको २०० मेवा गरी कुल भारत निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ ।
भने बंगलादेश निर्यातको ४० मेगावाटसहित हाल नेपालको कुल निर्यात स्वीकृति १०५०.९ मेगावाट पुगेको छ।
साथै, पछिल्लो पटक साउन २६ गते भारत सरकारबाट प्राप्त स्वीकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर सम्मको लागि हो। यस अन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादन भएको विद्युत् पर्दछ।
त्यस्तै, आव २०८१र८२ मा १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भएकोमा भारत सरकारबाट प्राप्त भएको थप निर्यात अनुमति र आगामी दिनमा थप प्राप्त हुने स्वीकृतिले यस आवमा निर्यात दोब्बर हुने अनुमानित आँकडा छ ।






























