National life

शिव श्री हाइड्रोपावरको वार्षिक साधारण सभा आज बस्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असार २०८२, आइतबार
494Shares
शिव श्री हाइड्रोपावरको वार्षिक साधारण सभा आज बस्दै
ncell

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज (आइतबार) बस्दैछ । काठमाडौँस्थित अनुपम फुडल्याण्ड एन्ड ब्यांकेटमा सभा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

Royal Enfield
nic asia capital
साथै, सभाले नयाँ सञ्चालक नियुक्त गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ । त्यसैले जेठ २९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?