National life

सिंगटी हाइड्रो इनर्जीको नाफामा उल्लेख्य वृद्धि , विद्युत् बिक्री आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ साउन २०८२, सोमबार
524Shares
सिंगटी हाइड्रो इनर्जीको नाफामा उल्लेख्य वृद्धि , विद्युत् बिक्री आम्दानी कति ?
ncell

काठमाडौँ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो वर्ष (२०८०/८१) को यसै अवधिमा कम्पनीले ६ करोड ९२ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । विद्युत् बिक्री आम्दानी उल्लेख्य बढेसँगै कम्पनी नोक्सानीबाट नाफामा पुगेको हो।

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको विद्युत् बिक्री आम्दानी ७२७.९१ प्रतिशत बढेर ६७ करोड ७१ लाख रुपैयाँ पुगेको छ।

Royal Enfield
nic asia capital

साथै, कम्पनीको सञ्चालन आम्दानी समीक्षा अवधिमा ७६०.६५ प्रतिशत बढेको छ भने अन्य आम्दानी ९२०.४६ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च समीक्षा अवधिमा २५६.७८ प्रतिशत बढेको छ।

त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी असार मसान्तसम्ममा ५ रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
524SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?