National life
cg eloctronics

हकप्रद निष्काशन गर्दै दिव्यश्वरी हाइड्रो, जेठ २२ गतेका लागि साधारण सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० वैशाख २०८२, मङ्गलबार
608Shares
हकप्रद निष्काशन गर्दै दिव्यश्वरी हाइड्रो, जेठ २२ गतेका लागि साधारण सभा आह्वान
ncell

काठमाडौँ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ।  वैशाख २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो।

कम्पनीले आगामी साधारण सभामा हकप्रद प्रस्ताव लैजाने भएको छ। कम्पनीले जेठ २२ गते एक साथ दुई आर्थिक वर्षको साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यी हुन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरू :

विशेष प्रस्तावहरु

१. कम्पनीको चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद शेयर निष्काशन (Right Share Issue) गर्ने र सो सम्बन्धमा सम्पुर्ण कार्य गर्न गराउन संचालक समितीलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

२. कम्पनीको हकप्रद शेयर निष्काशन (Right Share Issue) गर्दा कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने सम्वन्धमा ।

३. कम्पनीको संघियता बमोजिमको रजिष्ट्रर्ड कार्यालय परिवर्तन गर्न प्रवन्धपत्रको दफा २ र नियमावलीको नियम २ मा संशोधन गर्ने सम्वन्धमा ।

४. कम्पनीले समान उद्देश्य भएका अन्य इच्छुक कम्पनीसंग मर्जर / प्राप्ती सम्वन्धी सम्झौता गर्ने र उक्त कार्यका लागि संचालक समितीलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

५. कम्पनीको हकप्रद शेयर निष्काशन (Right Share Issue) संग सम्बन्धीत कम्पनीको प्रवन्धपत्र र नियमावली तथा अन्य कानुनी संशोधन सम्वन्धित निकायहरुबाट कुनै संशोधन, फेरवदल वा थपघट गर्न कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन गर्न संचालक समितीलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा ।

                       अन्य प्रस्ताव

१. आर्थिक वर्ष आ.व. २०७९ / २०८० र आ.व. २०८० / २०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।

nic asia capital

२. लेखापरिक्षकको प्रतिवेदन सहित आ.व. २०७९ / २०८० र आ.व. २०८० / २०८१ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने ।

३. कम्पनी आर्थिक वर्ष २०८० / ०८१ को लागि कम्पनी ऐन, २०६३ को दफा ११३ अनुसार कम्पनी रजिस्ट्रार कार्यालयबाट नियुक्त लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्ने सम्बन्धमा ।

४. आर्थिक वर्ष २०८१/०८२ को लागि कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।

यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?