National life

हिम स्टार ऊर्जा कम्पनीको आजदेखि आइपीओ बिक्री खुला, कसरी दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ असार २०८२, मङ्गलबार
605Shares
हिम स्टार ऊर्जा कम्पनीको आजदेखि आइपीओ बिक्री खुला, कसरी दिने आवेदन ?
ncell

काठमाडौँ । हिम स्टार ऊर्जा कम्पनीले आज असार २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ७ करोड ७३ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७३ हजार ९५० कित्ता सेयर निष्कासन गरेको हो । यसमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

Royal Enfield
nic asia capital
सो अवधिमा नबिकेमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । हिम स्टार ऊर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि आइपीओ बिक्री खुला गरिसकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?