National life

बरुण हाइड्रोपावरको नाफामा १७.६८% वृद्धि, ईपीएस कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२७ साउन २०८३, बुधबार
1KShares
बरुण हाइड्रोपावरको नाफामा १७.६८% वृद्धि, ईपीएस कति ?
ncell

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा नाफा वृद्धि गर्न सफल भएको छ। कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै खुद नाफामा समेत सुधार आएको हो।

कम्पनीले समीक्षा अवधिमा विद्युत बिक्रीबाट १० करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ९ करोड ७० लाख रुपैयाँ रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीको खुद नाफा पनि बढेको छ। गत आर्थिक वर्षमा कम्पनीले २ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको १ करोड ९८ लाख रुपैयाँको तुलनामा १७.६८ प्रतिशत बढी हो।

कम्पनीको वित्तीय खर्च भने घटेको छ। अघिल्लो आर्थिक वर्षमा २ करोड ८७ लाख रुपैयाँ रहेको वित्तीय खर्च समीक्षा अवधिमा घटेर २ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको रिटेन्ड अर्निङ ५ करोड ५१ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०८.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४७.५८ गुणा र तरलता अनुपात ६.९४ प्रतिशत रहेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?