National life

माउण्टेन इनर्जीको नाफा उकालो, विद्युत बिक्रीबाट आम्दानी पनि बढ्यो

माउण्टेन इनर्जीको नाफा २९ प्रतिशत बढ्यो, ईपीएस २५.५२ रुपैयाँ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२६ साउन २०८३, मङ्गलबार
1KShares
माउण्टेन इनर्जीको नाफा उकालो, विद्युत बिक्रीबाट आम्दानी पनि बढ्यो
ncell

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा नाफा उल्लेख्य रूपमा बढाउन सफल भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा २९.०८ प्रतिशतले बढेको हो।

कम्पनीले गत आर्थिक वर्षमा ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ६१ करोड ७४ लाख रुपैयाँ थियो।

विद्युत बिक्रीबाट हुने आम्दानीमा भएको वृद्धिले कम्पनीको नाफा बढाउन मुख्य योगदान गरेको देखिन्छ। समीक्षा अवधिमा विद्युत बिक्रीबाट कम्पनीले १ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ३० करोड रुपैयाँको तुलनामा १७.३१ प्रतिशत बढी हो।

यसैगरी, कम्पनीले बीमा दाबीबापत ९ लाख रुपैयाँ प्राप्त गरेको छ भने ब्याज खर्चसमेत घटेको छ। अघिल्लो वर्ष २४ करोड ४३ लाख रुपैयाँ रहेको ब्याज खर्च समीक्षा अवधिमा घटेर २० करोड १९ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको सञ्चालन मुनाफा पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा ८९ करोड १८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा गत आर्थिक वर्षमा १ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड ३२ लाख रुपैयाँ र रिजर्भ १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। कम्पनीको प्रति सेयर आम्दानी २५.५२ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २३.७२ रुपैयाँ थियो। त्यस्तै, प्रति सेयर नेटवर्थ १५०.७८ रुपैयाँ रहेको छ।

माउण्टेन इनर्जीले मनाङमा ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजना निर्माणको तयारी गरिरहेको छ। आयोजनाको वित्तीय व्यवस्थापनसमेत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।

कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला र ५ मेगावाटको ताँदीखोला जलविद्युत आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?