National life

खानीखोला हाइड्रोपावरको साधारण सभा आह्वान, लगानीकर्ता यो वर्ष पनि रित्तै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ मंसिर २०८०, सोमबार
523Shares
खानीखोला हाइड्रोपावरको साधारण सभा आह्वान, लगानीकर्ता यो वर्ष पनि रित्तै
ncell

काठमाडौँ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले यस वर्ष पनि सेयर धनीको हात खाली बनाएको छ ।

कम्पनीले लाभांश बिना नै दुई आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको हो।मङ्सिर १० मा बसेको सञ्चालक समितिको ८६औँ बैठकले धुम्बराहीस्थित बुधवार धुम्र बाराह पार्टी प्यालेसमा पुस ४ गते बिहान ११ बजे दसौँ तथा एघारौँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

विसं २०७३ जेठमा आइपिओ निष्कासन गरी साउन ११ गते बाँडफाँड गरेको कम्पनीले पछिल्लो सात वर्षमा कुनै पनि वर्ष लगानीकर्तालाई लाभांश वितरण गर्न सकेको छैन ।

Royal Enfield
nic asia capital

सभाले आर्थिक वर्ष २०७८–२०७९ तथा २०७९–८० को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, आव २०७८–७९ तथा २०७९–८० को लेखा परीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाब पारित गर्ने, आव २०८०–८१ को लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसै गरी सभाका विशेष प्रस्तावहरूमा कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने, कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने र नियमावलीको नियम ७ मा हकप्रद सेयर सम्बन्धी व्यवस्था थप गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मङ्सिर २२ गते शुक्रवार सेयर धनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?