National life

बैंकिङसँगै स्वास्थ्यमा सहुलियत: कुमारी बैंक–बी एण्ड बी अस्पताल सम्झौता

यस्ता पहलमार्फत गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच बढाउने लक्ष्य बैंकले लिएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२४ जेठ २०८३, आइतबार
1.5kShares
बैंकिङसँगै स्वास्थ्यमा सहुलियत: कुमारी बैंक–बी एण्ड बी अस्पताल सम्झौता
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेड र ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने उद्देश्यले सहकार्य सम्झौता भएको छ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले अस्पतालमा उपलब्ध इन्प्यासेन्ट, आउटप्यासेन्ट, आकस्मिक सेवा तथा औषधि खरिदमा अधिकतम १० प्रतिशतसम्म छुट पाउनेछन्।

करिब २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर फैलिएको आफ्नो सेवा सञ्जालमार्फत ग्राहकलाई आधुनिक र भरपर्दो सेवा उपलब्ध गराउँदै आएको छ। बैंकका हाल २८६ शाखा, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइ सञ्चालनमा रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ग्राहकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै बैंकले नेपाल तथा विदेशका विभिन्न प्रतिष्ठित अस्पतालहरूसँग यस्ता सहुलियतसम्बन्धी सम्झौताहरू गर्दै आएको जनाएको छ। यस्ता पहलमार्फत गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच बढाउने लक्ष्य बैंकले लिएको छ।

समयअनुसार सेवामा सुधार गर्दै थप सुविधा विस्तार गर्ने प्रतिबद्धता समेत बैंकले व्यक्त गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?