National life

कोइला अभावका कारण हेटौँडा सिमेन्ट उद्योगको उत्पादन शून्य, मजदुर मर्कामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० माघ २०८०, शनिबार
575Shares
कोइला अभावका कारण हेटौँडा सिमेन्ट उद्योगको उत्पादन शून्य, मजदुर मर्कामा
ncell

काठमाडौँ :  हेटौँडा सिमेन्ट उद्योगको उत्पादनमा पछिल्लो पाँच महिनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव देखिएको कारण उत्पादन हुन नसकेको उद्योग प्रशासनको जानकारी छ ।

विगत चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उक्त उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको कम्पनीको महाप्रबन्धक वसन्तकुमार पाण्डेले जनाएका छन् । रकम अभावले कोइलासमेत खरिद गर्न समस्या भइरहेको पाण्डेको भनाइ छ ।

दैनिक सात सय पचास मेट्रिक टन सिमेन्ट उत्पादन हुनुपर्ने सो उद्योगबाट असोजदेखि उत्पादन शून्य भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल विगतमा उत्पादित मौज्दात सिमेन्ट बिक्री वितरण भइरहेको छ । उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्षमा दुई लाख ४९ हजार चार सय ५६ बोरा सिमेन्ट हालसम्म बिक्री भइसकेको छ ।

कोइलाको आपूर्ति हुनासाथ काम अगाडि बढाइने पाण्डेको भनाई छ । उद्योगले एक पटक बोलपत्र आह्वान गर्दा १३ हजार टन कोइला आपूर्ति हुने गरेको छ । आव वर्ष २०७६-७७ देखि २०७८-७९ सम्ममा उद्योगलाई रु ६५ करोड ४७ लाख १६ हजार सात सय ८२ नोक्सान भएको थियो । गत आवमा मात्र रु २३ करोड ५५ लाख नोक्सान भएको थियो ।

रकम अभाव भएपछि अवकाशप्राप्त कर्मचारीले पाउने सेवा सुविधासहितको उपदान नपाएको गुनासो आइरहेको छ । उक्त उपदान नपाउने कर्मचारीको सङ्ख्या १५ रहेको उद्योग प्रशासनले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
575SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?