National life

चिरञ्जीवी अधिकारी सर्वसम्मत रूपमा क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ जेठ २०८२, मङ्गलबार
1.5kShares
चिरञ्जीवी अधिकारी सर्वसम्मत रूपमा क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित
ncell

काठमाडौँ । क्यान महासंघका ६ जना उपाध्यक्षमध्येबाट अधिकारी सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन भएका छन् । अधिकारीसँगै क्यान महासंघको कोशी प्रदेश सचिवमा ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश सचिवमा नारायण श्रेष्ठ, संस्थागत समूह सचिवमा केशव भट्टराई र व्यक्तिगत समूह सचिवमा दिपेन्द्र पौडेल चयन भएका छन् ।

नेपालको सूचना तथा प्रविधि क्षेत्रको विकासमा दुई दशकभन्दा लामो योगदान दिएका साइबर सुरक्षा विशेषज्ञ तथा आईसीटी अगुवा चिरञ्जीवी अधिकारी कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ०को वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।

गत वर्ष अधिकारीलाई नेपालको सूचना तथा प्रविधि क्षेत्रमा गरेको उल्लेखनीय योगदानका लागि पूर्व मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीबाट “आईसीटी एक्सिलेन्स अवार्ड २०२४” प्रदान गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त सम्मान चन्द्रलोक फाउन्डेसनद्वारा आयोजित विशेष समारोहमा प्रदान गरिएको थियो ।

साइबर सुरक्षाका दूरदर्शी नेतृत्वकर्ता

चितवनको भरतपुर महानगरपालिका निवासी अधिकारी साइबर सुरक्षा र नेटवर्किङ क्षेत्रमा उच्च विशेषज्ञता राख्ने व्यक्तित्वको रूपमा परिचित छन्। उनले सूचना सुरक्षा, आईटी शासन, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, र सूचना सुरक्षा व्यवस्थापन प्रणाली लगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा अनेकौं लेख प्रकाशन गरिसकेका छन्।

साइबर सुरक्षा सचेतना अभियानका अगुवा

आईसीटी क्षेत्रमा २१ वर्षभन्दा बढीको अनुभवसहित अधिकारीले नेपालको साइबर सुरक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। अधिकारीले नेपालभरि ५०० भन्दा बढी साइबर सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिसकेका छन् । यी कार्यक्रमहरूले सामुदायिक विद्यालय, सरकारी निकाय, र निजी क्षेत्रलाई लक्षित गर्दै नेपालको साइबर सुरक्षा स्तरलाई उल्लेखनीय रूपमा सुदृढ बनाएका छन् ।

संस्थापक अध्यक्षका रूपमा योगदान

क्यान महासंघको वर्तमान वरिष्ठ उपाध्यक्ष र पूर्व महासचिव हुनुका साथै, चिरञ्जीवी अधिकारी नेपालका विभिन्न प्रमुख आईसीटी संस्थाहरूका संस्थापक पनि हुन् ।

ईन्फरमेशन सेक्यूरिटी रेस्पोन्स टिम नेपाल – निर्वतमान अध्यक्ष

सेन्टर फर साइबरसिक्योरिटी रिसर्च एन्ड इनोभेसन – संस्थापक अध्यक्ष

त्यसैगरी, उनी वन कभर प्रा.लि. नामक अग्रणी साइबर सुरक्षा कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत हुन्। साथै, सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्स र टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीमा अध्यापनमार्फत शैक्षिक योगदान पनि दिँदै आएका छन्।

युवापुस्ताको सशक्तिकरण र स्टार्टअप प्रवर्द्धनमा अग्रसर

अधिकारी नेपाली युवालाई प्रविधिमा संलग्न गराउने तथा स्टार्टअप संस्कृति विकास गर्न क्रियाशील छन्। उनका पहलहरूले धेरै युवालाई प्रविधिमा करियर बनाउन उत्प्रेरणा प्रदान गरेको छ। आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्राप्त गरेपछि अधिकारीले उक्त सम्मानले आफूलाई अझ सक्रिय भएर देशको डिजिटल सुरक्षाका लागि कार्य गर्न प्रेरित गरेको प्रतिक्रिया दिएका थिए।

क्यान महासंघको नयाँ नेतृत्व चयन

अधिकारीसँगै क्यान महासंघमा अन्य विभिन्न पदाधिकारीहरू पनि चयन भएका छन् ।

ठाकुर कुमार श्रेष्ठ – सचिव, कोशी प्रदेश

नारायण श्रेष्ठ – सचिव, लुम्बिनी प्रदेश

केशव भट्टराई – सचिव, संस्थागत समूह

दिपेन्द्र पौडेल – सचिव, व्यक्तिगत समूह

नयाँ नेतृत्व टोलीको अपेक्षा नेपालको डिजिटल भविष्यलाई अझ समावेशी, सुरक्षित र दिगो बनाउने दिशातर्फ लैजाने क्यान महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?