National life

सडक निर्माण अनुगमनमा मन्त्री लम्सालको विवादित अभिव्यक्ति, व्यवसायी संघद्वारा आपत्ति

ठेकेदारप्रति कडा चेतावनीपछि मन्त्री लम्साल आलोचनामा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०१ असार २०८३, सोमबार
1.2kShares
सडक निर्माण अनुगमनमा मन्त्री लम्सालको विवादित अभिव्यक्ति, व्यवसायी संघद्वारा आपत्ति
ncell

काठमाडौं । नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमनका क्रममा भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले निर्माण कार्य ढिलाइ गर्ने ठेकेदारप्रति कडा अभिव्यक्ति दिएका छन्। उनले काममा लापरवाही गर्ने निर्माण व्यवसायीलाई तत्काल खोजेर कारबाही गर्नुपर्ने आशय व्यक्त गर्दै कर्मचारीहरूलाई दबाब बढाउन निर्देशन दिएका थिए।

अनुगमनका क्रममा मन्त्री लम्सालले सडक निर्माणमा ढिलाइ हुनुहुँदैन भन्दै सम्बन्धित निकायलाई तीव्र गतिमा काम अघि बढाउन आग्रह गरेका थिए। उनले अवरोध सिर्जना गर्ने पक्षप्रति कडा कदम चाल्नुपर्ने जस्ता अभिव्यक्ति दिएको भनिएपछि सो विषय विवादित बनेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निर्माण व्यवसायीहरूले भने मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन्। नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिले कानुनी प्रक्रिया बाहेक शारीरिक वा गैरकानूनी दबाब स्वीकार्य नहुने भन्दै विरोध जनाएका छन्।

यता, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले मन्त्रीको मुख्य जोड सडक निर्माण छिटो सम्पन्न गर्ने र अवरोध हटाउनेतर्फ रहेको बताएकी छन्। उनले ‘ठेकेदारको खुट्टा भाँच्ने’ भन्ने आशय आफूले नबुझेको र त्यस्तो भनाइ नसुनेको दाबी गरेकी छन्।

यसैबीच, मन्त्री लम्सालले पछिल्लो समय निर्माण व्यवसायीहरूप्रति कडा र सक्रिय शैली अपनाउँदै आएका छन्, जसका कारण उनका अभिव्यक्ति तथा कार्यशैली निरन्तर चर्चामा रहँदै आएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?