National life

सानिमा रिलायन्सले मार्यो छलाङ्ग , जीवन बीमा कोष साढे १३ अर्ब माथि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ वैशाख २०८१, शुक्रबार
482Shares
सानिमा रिलायन्सले मार्यो छलाङ्ग , जीवन बीमा कोष साढे १३ अर्ब माथि
ncell

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको शेयर पूँजी ४ अर्ब १८ करोड रहेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको तुलनामा ९२.९४ प्रतिशतले नाफा वृद्धि गर्दै ३० करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा जम्मा १५ करोड ७९ लाख रुपैयाँ थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको महाविपत्ती कोषमा १२ करोड ६९ लाख रुपैयाँ रहेको छ भने रिटेण्ड अर्निङ्गमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ । २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ९१ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार २४.१४ प्रतिशतले वृद्धि भएर १३ अर्ब ५५ करोड पुगेको विवरणले देखाएको छ ।

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ११८.९३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सोही अवधिमा १ अर्ब ९५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

४ अर्ब १ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११७.०७ प्रतिशतले वृद्धि भएको पाइन्छ । समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २६ करोड १९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

प्रतिशेयर आम्दानी ९.७१ रुपैयाँ र प्रति शेयर नेटवर्थ १२६.९९ रुपैयाँ रहेको कम्पनीले ४३ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ ।

nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?